२०८३ साउन १२ मंगलबार

लिटमस केबलद्वारा ‘पावर पार्टर्नस मिट-२०७८’ सम्पन्न

ई आर्थिक    शनिबार, माघ ८ २०७८
6.6K
Shares
लिटमस केबलद्वारा ‘पावर पार्टर्नस मिट-२०७८’ सम्पन्न

ई–आर्थिक, काठमाडौं । लुम्बिनी विद्युत उद्योग प्रालिले बुटवलमा “पावर पाटनर्स मिट–२०७८” सम्पन्न गरेको छ । कम्पनीले लिट्मस केवल ब्राण्डअन्तर्गत आधुनिक जर्मन प्रविधि एवं अत्याधुनिक पूर्वाधार प्रयोग गरी विभिन्न प्रकारका गुणस्तरीय तार र केबलहरू उत्पादन गर्दै आएको छ ।

कार्यक्रममा लिट्मस केवलका ब्राण्ड एम्बेसेडर नेपाली चलचित्र जगतका महानायक राजेश हमाल लगायत रुपन्देही जिल्लाका वरिष्ठ उच्च पदस्थ व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो । वर्षौँदेखि लिट्मस केवलले ग्राहकहरुलाई प्रदान गर्दै आएको बिक्री तथा सेवाहरुमा सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै पार्टनरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने सम्मेलनको मुख्य उद्देश्य रहेको थियो ।

कार्यक्रममा कम्पनीलाई नयाँ उचाईमा पुर्याउन पार्टनरहरुको मेहेनत र योगदानलाई सम्मान गर्दै कम्पनीका आगामी रणनीति र भावी योजनाबारे छलफल गरिएको थियो । सोही अवसरमा कम्पनीका ब्राण्ड एम्बेसेडर राजेश हमालले लुम्बिनी विद्युत उद्योगको पनि भ्रमण गरेका थिए ।

भ्रमणको दौरान कम्पनीले प्रयोग गर्दै आइरहेको एडभान्स जर्मन टेक्नोलोजी मेसिनबाट उत्पादित सामानहरु अवलोकन गरेका थिए ।

सम्मेलनलाई थप अन्तरक्रियात्मक बनाउन विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो । साथ–साथै पार्टनरहरुलाई उल्लेखनीय कामका लागि प्रमाण–पत्र तथा अवार्डहरु हस्तान्तरण गरिएको थियो । साथै कम्पनीका पदाधिकारीहरुले सबै पार्टनरहरुसँग भेट गरि उनीहरुका जिज्ञासा पनि लिएका थिए ।

सम्मेलनमा उपस्थित सम्पूर्णलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले भन्नुभयो, ‘यहाँहरुको मेहेनत र ग्राहक सेवाले गर्दा कम्पनीले नयाँ उचाई हासिल गरेको छ । यसको लागि देशभरका डिलरहरुप्रति आभार प्रकट गर्दछौँ । हामीहरुले यो उचाई कायम राख्न अझै बढी ग्राहक सेवामा केन्द्रित रही बिक्री सेवामा सुधार गर्दै जानुपर्छ । साथै, ग्राहकहरुको विश्वास जित्दै कम्पनीको लक्ष्य हासिल गर्न हामी निरन्तर लागि पर्नुपर्छ ।’

सन् १९७७ मा स्थापित लुम्बिनी विद्युत उद्योग प्रालि नेपालको पहिलो एल्मुनियम कन्डक्टर स्टिल रेन फोर्सड कन्डक्टर निर्माण कम्पनी हो । कम्पनीले हालै नयाँ संरचनाको विकास गरी विभिन्न उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।

विगत चार दशकदेखि विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्र्दै आएको यस कम्पनीले हालै जर्मन प्रविधियुक्त नयाँ एडभान्स जर्मन टेक्नोलोजी मेसिनहरुबाट आफ्ना उत्पादन गर्दै आइरहेको छ । यससँगै कम्पनीले आफ्नो उत्पादन क्षेत्र विस्तार गर्दै नेपालकै अग्रणी एवं ठूलो कम्पनी बन्न सफल भएको छ ।

लुम्बिनी विद्युत उद्योग नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक एवं व्यापारिक समूहमध्ये एक, रमेश कर्पको भगीनी संस्थाका रुपमा रहँदै आएको छ । कम्पनी बुटवल औद्योगिक क्षेत्र, बुटवलमा अवस्थित छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij