ई–आर्थिक, काठमाडौं । कोरोना भाइरस डेल्टा भेरियन्टले भारतमा तीन महिनामै २ लाख ४० हजार ज्यान गएको छ । राष्ट्रसंघको एउटा प्रतिवेदन अनुसार सन् २०२१ को अप्रिलदेखि जुनसम्म दुई लाख ४० हजार जना मानिसको मृत्यु भएको हो ।
डेल्टाका कारण भारतीय अर्थतन्त्रमा गम्भीर असर गरेको भन्दै सो प्रतिवेदनमा आगामी दिनमा भारतले त्यस्तै दुर्भाग्य सामना गर्नुपर्ने चेतावनी दिइएको छ ।
राष्ट्रसंघ अन्तर्गतको विश्वको आर्थिक अवस्था र सम्भावना ९डब्लूइएसपी० २०२२ को प्रतिवेदनले विश्वभर फैलिएको कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले फेरि ठूलो मानवीय र आर्थिक क्षति पु(याउन सक्ने चेतावनी दिएको छ ।
‘भारतमा डेल्टा संक्रमणका कारण अप्रिलदेखि जुनको अवधिमा दुई लाख ४० हजार जनाको मृत्यु हुनुका साथै अर्थतन्त्रको रिकभरीमा असर गरेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यस्तै घटना अगामी दिनमा पनि दोहोरिन सक्छ ।’
कोभिडलाई नियन्त्रण गर्न खोपलगायतका दीगो विश्वव्यापी पहुँच र संयोजन नभए महामारीले फेरि पनि समावेशी र दिगो अर्थतन्त्रलाई ठूलो जोखिममा पार्ने प्रतिवेदनमा औंल्याइएको छ ।