ई–आर्थिक, काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले राष्ट्रिय बीमा जागरण अभियान अन्तर्गत बर्दिवास, जनकपुर, लाहान र गाईघाटमा ‘युवासँग – महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ ।
नव छितिज कलेज बर्दिवासमा सुरेन्द्र कुमार चौधरीको अध्यक्षतामा मंसिर १३ गते विहान संचालित कार्यक्रममा ७० जना युवा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कम्पनीका उपक्षेत्रिय प्रमुख लाल बहादुर थापाको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रममा वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले बीमाको महत्व बारेमा प्रकाश पार्नु भयो ।
सिनियर एजेन्सी मेनेजर रोहन घटानीले संचालन गर्नु भएको कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले प्रशिक्षण दिनु भयो । सोही दिन दिउसो जनकपुरको मोडेल मल्टिपल कलेजमा संचालित बीमा जागरण कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिनु भयो ।
कार्यक्रममा १३० विद्यार्थीको सहभागिता रहेको थियो ।

त्यसै गरी मंसिर १४ गते जे। एस। मुरारका बहुमुखि क्याम्पस लाहानमा क्याम्पस प्रमुख तुलसी राम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका उपक्षेत्रिय प्रमुख लाल बहादुर थापा मगरले स्वागत मन्तव्य दिनुभयो ।
१३० जना विद्यार्थीहरुको सहभागिता रहेको कार्क्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ र बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले बीमा सम्बन्धी प्रशिक्षण दिनु भयो । कार्यक्रमको संचालन रोहन घटानीले गर्नु भएको थियो ।

त्यसैगरी कम्पनीले मंसिर१५ गते त्रियुगा जनता बहुमुखि क्याम्पस गाईघाटमा पनि ‘युवासँग– महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न ग¥यो । सो कार्यक्रममा सहायक क्याम्पस प्रमुख सुभाष पाण्डेको अध्यक्षतामा संचालित प्रशिक्षण कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ र बरिष्ठ सहायक महाप्रबन्धक प्रशन्तराज धमलाले प्रशिक्षण दिनुभएको थियो ।
५० जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रमको संचालन उपक्षेत्रिय प्रमुख लाल बहादुर थापा मगरले गर्नु भएको महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख छ ।
