२०८३ साउन ९ शनिबार

महालक्ष्मी लाईफको ‘जर्नी टु सक्सेस’ सेमिनार सम्पन्न, सेमिनारमा १०५ जना सहभागी

ई आर्थिक    सोमबार, मंसिर १३ २०७८
5.1K
Shares
महालक्ष्मी लाईफको ‘जर्नी टु सक्सेस’ सेमिनार सम्पन्न, सेमिनारमा १०५ जना सहभागी

ई–आर्थिक, काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले काठमाण्डौमा ‘जर्नी टु सक्सेस’ विषयमा एक दिने सेमिनार सम्पन्न गरेको छ । यही मंसिर ११ गते सामाखुसी स्थित स्काई वैंकेटमा सम्पन्न उक्त कार्यक्रममा १०५ जना भन्दा बढीको सहभागिता रहेको थियो । प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको अध्यक्षतामा संचालन भएको उक्त सेमिनारमा उपत्यका भित्रका एघार शाखाहरुमा कार्यरत निश्चित व्यवसाय गरेका लिडर अभिकर्ताहरुलाई सहभागि गराइएको थियो ।

बीमा व्यवसायलाई व्यवसायिक कसरी बनाउने, कारोबार गरिरहेता पनि सफलताको बाटोमा कसरी अगाडि बढ्ने र प्राप्त सफलतालाई निरन्तरता कसरी दिने विषयमा छलफल तथा प्रशिक्षण दिइएको थियो । नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीको स्वागत मन्तव्यबाट प्रारम्भ भएको उक्त कार्यक्रममा २६ वर्ष देखि बैंक, बीमामा निरन्तर कार्यकारी प्रमुख रहनु भएका कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सफल हुन चालेका कदम तथा भोगेका अनुभवहरु प्रस्तुत गरेर व्यवहारिक प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रमका विशेष अतिथि पूर्व प्राध्यापक, स्वास्थ्य बीमा वोर्डका कार्यकारी निर्देशक तथा बीमा विज्ञ डा. दामोदर बसौलाले आफुले लामो समय देखि बीमा अभिकर्ता भई कार्यरत रहँदाको व्यवहारिक प्रशिक्षण दिदै बीमा पेशामा सफल हुन चाहिने गुणहरु र अवलम्बन गर्नु पर्ने बाटोहरु बारे जानकारी गराउनु भयो ।

कम्पनीका चिफ मार्केटिङ अफिसर प्रशान्तराज धमलाले धन्यवाद ज्ञापन गर्दै बीमा व्यवसायको बजारीकरण बारेमा प्रशिक्षणदिनु भएको थियो ।

महालक्ष्मी लाईफ इन्स्योरेन्स बागमति प्रदेश प्रमुख राम प्रसाद भुसालले संचालन गर्नु भएको उक्त कार्यक्रममा महालक्ष्मी लाईफका लिडर अभिकर्ताहरुले आ–आफ्नो अनुभवहरु राख्दै बीमा क्षेत्रमा सफल हुनको लागि सेमिनारबाट प्राप्त व्यवहारिक ज्ञानले ठुलो मद्दत र हौसला प्रदान गरेको तथा भविष्यमा यस किसिमको कार्यक्रमलाई निरन्तरता दिनु पर्ने आवश्यकतामा जोड दिएको जानकारी गराउन चाहन्छौँ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij