२०८३ साउन २१ बिहिबार

निगमको टिकटबाटै विभिन्न गन्तब्यमा उडान भर्न सकिने

ई आर्थिक    शुक्रबार, कार्तिक २६ २०७८
4.2K
Shares
निगमको टिकटबाटै विभिन्न गन्तब्यमा उडान भर्न सकिने

काठमाडौं । नेपाल वायुसेवा निगमले उडान भर्ने गन्तव्य भएर जाने अन्य गन्तव्यमा यात्रुका लागि पनि टिकट सहजीकरण गर्ने भएको छ ।

निगमले विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुबीच द्विपक्षीय (स्पेशल प्रोरेट एग्रीमेन्ट) सम्झौताहरु सम्पन्न भएसँगै निगमको सिधा उडान नहुने गन्तव्यमा पनि यात्रुले उठान भर्ने पाउने भएका हुन् । “निगमले उडान भर्ने गन्तव्यमा टिकटको सहजिकरण गरेर यात्रुलाई हामी गन्तव्यसम्म पु¥याउछौं” निगमका प्रवक्ता करिश्मा श्रेष्ठले भनिन्, “यसको लागि निगमबाट र ट्राभल एजेन्सीमार्फत यस प्रकारका टिकटहरु सहजै प्राप्त गर्न सकिनेछ ।”

एक अर्का वायुसेवाहरुका क्षेत्रमा यात्रुलाई यसबाट सेवा प्रदान गर्न सहज हुने जनाइएको छ । निगमले हालै सम्पन्न गरेका सम्झौताबाट यूरोपका विभिन्न शहरहरु, अष्टे«लियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत र बहराइनमा यस प्रकारको सेवा प्रदान गर्न सकिने प्रवक्ता श्रेष्ठले बताइन् । सकेसम्म कम समयको प्रतिक्षामा गरेर सेवा दिनका लागि सम्झौता गरिएको र यसमार्फत यात्रुलाई थप सहजता हुनेछ निगमले विश्वास लिएको छ । प्रवक्ता श्रेष्ठले भनिन्, “यसले गर्र्दा निगमलाई थप आयआर्जनको माध्यम बृद्धि हुने र निगमको शाख र पहिचान वृद्धि भएर पर्यटन आगमन बढ्नुका साथै अन्तर्राष्ट्रिय बजारमा निगमको शाख अभिवृद्धि हुनेछ ।”

निगमले यसका लागि काठमाडौं–बैंकक–सिओल जान लागि नेपाल एयरलाइन्स र थाई एयरवेजसँग सम्झौता गरेको छ । साथै काठमाडौं–बैंकक–सिड्नीको सिधा उडान गर्नका लागि थाई एयरवेज, काठमाडौं–बैंकक–टोकियोका लागि अल निप्पोन एयरलाइन्ससँग सम्झौता गरेको छ ।

काठमाडौं–दोहा–कुवेतका लागि निगमले कुवेत एयरवेज, काठमाडौं–दुवई–कुवेतको गन्तव्यका लागि कुवेत एयरवेजसँग सम्झौता गरेको जनाएको छ । काठमाडौं–दुवई–जूरिचको लागि इमिरेट्स र काठमाडौं–दुबई–लण्डनको लागि इमिरेट्, काठमाडौं, दुबई–फ्र्यान्कर्फट, काठमाडौं–दुबई–पेरिस र काठमाडौं–दुबई–बहराइन उडानका लागि इमिरेट्स एयरसँग सम्झौता गरेको हो । निगमको यो सुविधाले गर्दा अन्य उडान भर्ने एयरलाइन्स भन्दा सस्तो पर्ने विश्वास रहेको समाचार आजको कारोबारले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij