२०८३ साउन १३ बुधबार

नेपाल लाइफद्वारा बीमितलाई घातक रोगबापतको ६ लाखको चेक हस्तान्तरण

ई आर्थिक    बुधबार, असोज १३ २०७८
4.5K
Shares
नेपाल लाइफद्वारा बीमितलाई घातक रोगबापतको ६ लाखको चेक हस्तान्तरण

ई–आर्थिक, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कोटेश्वर शाखाले कम्पनीमा बीमा गराएका बीमितलाई ६ लाख रुपैयाँ रकमको चेक हस्तान्तरण गरेको छ ।

सो शाखाबाट प्रविण गौलीले २०७७ पौष १५ गते रु. ६ लाखको जीवन बीमा सहित घातक रोग समेतको बीमामा घातक रोग वापत निजले बीमाशुल्क रु. १,०५०/– (रु. एक हजार पचास मात्र ) तिरी बीमा गराएका थिए ।

निजलाई १८ ओटा घातक रोग मध्ये एउटा रोग मुटुमा समस्या देखा परेको हुदाँ कम्पनीले उपचार खर्च गर्नको लागि उक्त रकम हस्तान्तरण गरिएको हो । कोटेश्वर शाखाका प्रबन्धक ज्ञानेन्द्रमान तुलाधर, वरिष्ठ एजेन्सी मैनेजर दिपक थापा, बास्ना गौली र कर्मचारी अनुजकुमार झा, प्रियंका कार्कीको उपस्थितीमा उक्त चेक हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij