२०८३ साउन ११ सोमबार

माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारीको २२औं साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः गोविन्दप्रसाद शर्मा चयन

ई आर्थिक    आइतबार, असोज १० २०७८
7.1K
Shares
माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारीको २२औं साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः गोविन्दप्रसाद शर्मा चयन

ई–आर्थिक, काठमाडौं । काठमाडौंको रिङरोड ढुङ्गेधारा स्थित अन्नपूर्ण चोकमा रहेको माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले गोविन्दप्रसाद शर्मा अध्यक्षमा, एक नारायण उपाध्याय सचिवमा पुनः चयन गरेको छ ।

संस्थाको सभा सोही स्थानमा रहेको आफ्नै भवनको सभा हलमा सञ्चालन भएको थियो । सभाले गोविन्दप्रसाद शर्माको अध्यक्षतामा सर्बसम्मत रुपमा चयन सञ्चालक समिति चयन भएको थियो । त्यसैगरी सभाले युद्धविलास न्यौपानेको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गरेको छ ।

शर्मा अध्यक्ष रहेको सो सञ्चालक समितिको सचिवमा एकनारायण उपाध्याय तथा संचालक सदस्यहरुमा ज्ञानेन्द्र आचार्य , सरस्वतीकुमारी शर्मा (सापकोटा), भक्तराज भुषाल, योगिता प्रधान श्रेष्ठ र रविप्रसाद फुँयाललाई चयन गरेको छ । त्यस्तै युद्धविलाश न्यौपानेको संयोजकत्वमा सञ्चालित लेखा सुपरीवेक्षण समितिको सदस्यमा राजेन्द्र क्षेत्री र माया थापा क्षेत्री रहेका छन् ।

उक्त सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई उक्त संस्थाका पूर्वअध्यक्ष प्रा. तिलकबहादुर कुँवरले खाँदा र माला लगाएर बधाई ज्ञापन गरेका थिए ।
संस्थाका अध्यक्ष गोविन्दप्रसाद शर्माले अध्यक्षता, सचिव एकनारायण उपाध्यायले सञ्चालन र सञ्चालक राजेन्द्र बोहोराले स्वागत मन्तव्य व्यक्त गरेका उक्त साधारणसभामा नेपाल सरकार, कृषि तथा पशुपङ्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा आचार्यले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

साधारणसभामा प्रमुख अतिथिका रुपमा उद्घाटन मन्तव्य व्यक्त गर्दै सचिव आचार्यले सहकारीले बचत र ऋण कारोवारमा मात्रै सिमित नरही कृषि तथा पशुपङ्छीको प्रवर्द्धन गर्ने लगायत उत्पादनका क्षेत्रमा लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा बिशिष्ट अतिथिहरु सहकारी बिद डा. ज्ञानेन्द्र प्रसाद पौडेल, पुर्बअध्यक्ष प्रा. तिलकबहादुर कुवर, धौलागिरी समाज नेपाल अध्यक्ष केदार नाथ गौतम, उपाध्यक्ष भक्त राज भुसाल, नेशनल को–अपरेटर्स नेपाल काठमाडौं जिल्ला उपाध्यक्ष अधिवक्ता कमलराज अधिकारी, इको हिमाल साकोस प्रबन्ध निर्देशक लेखनाथ पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उनीहरुले माउन्ट धौलागिरी सहकारी संस्था सफल संस्था भएको भन्दै प्रशंसा व्यक्त गरेका थिए । सो सभामा एसईईमा उत्कृष्ट अंक ल्याउने सदस्यको छोराछोरीलाई सम्मान गरिएको थियो ।
सभाले सचिव एक नारायण उपाध्यायबाट प्रस्तुत प्रस्तावहरु पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij