२०८३ साउन १७ आइतबार

कामना सेवाको एनआरएन बचत खाता सञ्चालनमा

ई आर्थिक    शुक्रबार, असोज १ २०७८
7K
Shares
कामना सेवाको एनआरएन बचत खाता सञ्चालनमा

ई–आर्थिक, काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपाल स्थित उहाँका परिवारजनहरुका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ । ७ प्रतिशतको उच्चतम ब्याजदर सहितको यो खातामा प्रथम वर्ष निःशुल्क मोबाईल तथा ईन्टरनेट बैकिङ्गको सुविधा रहेको छ ।

विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैकिङ प्रणाली बाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसालाई यो खातामा जम्मा गर्न सकिने बैंकले जानकारी दिएको छ । साथै यस खातामार्फत खोलिने मुद्दती निक्षेपमा ०.५ प्रतिशत थप ब्याज पाउनुहुने बैंकले जानकारी दिएको छ । यो खाता अनलाईन माध्यम बाट पनि खोल्न सकिने बैंकको भनाई छ ।

काठमाडौं– ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, एक विस्तारित शाखा लगायत ७६ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । यस बैंकले सोसियल मिडिया बैंकिङ, जस्ता विभिन्न केएआई मोबाइल जस्ता माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सरल, सहज र उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij