२०८३ साउन २१ बिहिबार

दसैंको लागि नयाँ नोट असोज ४ गतेदेखि वितरण हुने, प्रतिव्यक्ति १८ हजार ५ सय सटही सुविधा

ई आर्थिक    मंगलबार, भाद्र २९ २०७८
6.2K
Shares
दसैंको लागि नयाँ नोट असोज ४ गतेदेखि वितरण हुने, प्रतिव्यक्ति १८ हजार ५ सय सटही सुविधा

ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैंको लागि नयाँ नोट वितरण गर्ने तयारी थालेको छ । कोभिडको उच्च जोखिम भन्दै अघिल्लो दसैंमा सर्वसाधारणलाई नयाँ नोट नबाँडेको राष्ट्र बैंकले यो वर्ष भने वितरण गर्ने भएको तयारी थालेको हो ।

राष्ट्र बैंकले असोज ४ देखि काठमाडौंमा केन्द्रीय कार्यालय बालुवाटार र हरेक प्रदेश कार्यालयमार्फत सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने जानकारी दिएको छ ।

राष्ट्र बैंकले नयाँ नोटका लागि भीड–भाड नहोस् भनेर बैंक तथा वित्तीय संस्थालाई गत सातादेखि नै नयाँ नोट दिन थालिसकेका छ ।

राष्ट्र बैंकले ४ गतेदेखि नै बाँडे पनि अन्य बैंक र वित्तीय संस्थाले दसैंको १५ दिनअघिबाट मात्र वितरण गर्ने अनौपचारिक सहमति भएको छ ।

नयाँ नोटका लागि भन्दै राष्ट्र बैंकमै आउने सर्वसाधारणलाई समेत नोट सटही सुविधा दिइरहेको राष्ट्र बैंकले जनाएको छ । नयाँ नोट लिन पाइन्छ भनेर राष्ट्र बैंक पुग्नेलाई जो कोहीलाई पनि खाली हात नफर्काएको राष्ट्र बैंकको भनाई छ ।

सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यो भनेको ५ देखि १ सय रुपैयाँसम्मको एक/एकवटा बन्डल हो ।

बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट दिएको छ । सम्बद्ध बैंकमा ढुकुटीको क्षमता, ग्राहकको मागलगायत आधारमा क, ख र ग वर्गका वित्तीय संस्थालाई उल्लिखित रकम प्रदान गरिने राष्ट्र बैंकको भनाई छ । राष्ट्र बैंकका अनुसार हालसम्म लगभग ४ अर्बको हाराहारीमा नयाँ नोट वितरण भइसकेको छ ।

बैंक तथा वित्तीय संस्थाले असोज १०/१२ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

राष्ट्र बैंकको ढुकुटीबाट दसैं र तिहारका अवसरमा हरेक वर्ष औसतमा ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट बाहिरिने गरेको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij