२०८३ साउन २१ बिहिबार

क्रिप्टोकरेन्सीको बारेमा बोल्यो राष्ट्र बैंक, भन्यो- ‘गैरकानुनी छ, कारोबार नगर्नु र नगराउनु’ (पत्रसहित)

ई आर्थिक    शुक्रबार, भाद्र २५ २०७८
5.3K
Shares
क्रिप्टोकरेन्सीको बारेमा बोल्यो राष्ट्र बैंक, भन्यो- ‘गैरकानुनी छ, कारोबार नगर्नु र नगराउनु’ (पत्रसहित)

ई–आर्थिक, काठमाडौं । क्रिप्टोकरेन्सीको कारोबार सम्बन्धि विभिन्न धारणाहरु आइरहेको बेलामा यस विषयमा राष्ट्र बैंकले आफ्नो आधिकारिक धारणा बाहिर ल्याएको छ । क्रिप्टोकरेन्सीलाई नेपाल राष्ट्र बैंकले गैरकानुनी भन्दै सर्बसाधारणलाई कारोबार नगर्न समेत राष्ट्र बैंकले सूचित गरेको छ ।

एक सूचना जारी गर्दै राष्ट्र बैंकले भनेको छ, ‘क्रिप्टोकरेन्सी गैरकानुनी हो, कारोबार गर्न र नगराउन आग्रह गर्दछौं ।’ राष्ट्र बैंकले यसलाई बेवास्ता गर्दै कारोबार गरे कानुन अनुसार कारबाही समेत गरिने चेतावनी दिएको छ ।

पछिल्लो समय क्रिप्टोकरेन्सीको कारोबार, प्रयोगमा संलग्न हुन प्रोत्साहन गर्ने गरेको पाइएको बैंकका कार्यकारी निर्देशक रामु पौडेलद्वारा जारी सूचनामा भनिएको छ । विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ ले दिएको अधिकार प्रयोग गरी यो सूचना जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।

क्रिप्टोकरेन्सीबाट सर्वसाधारणहरु ठगिएका गुनासाहरु समेत आएको राष्ट्र बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij