२०८३ साउन १४ बिहिबार

इन्डोनेशियाको जेलमा भिषण आगलागी, ४१ भन्दा बढीको मृत्यु

ई आर्थिक    बुधबार, भाद्र २३ २०७८
3.7K
Shares
इन्डोनेशियाको जेलमा भिषण आगलागी, ४१ भन्दा बढीको मृत्यु

ई–आर्थिक, काठमाडौं । इन्डोनेशियाको राजधानी जकार्ताको बाहिरी क्षेत्रमा रहेको जेलमा भिषण आगलागी हुँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ । ताङ्गेराङ्ग जेलमा बुधबार सबेरै आगलागी भएको हो । आगलागीको समयमा आधिकांश कैदी बन्दी सुतिरहेका थिए ।

आगलागी भएको ब्लक सी मा १२२ जना कैदी बन्दी थिए । ४० जनाको क्षमताको सो ब्लकमा आगलागी भएको हो । सो ब्लकमा लागुऔषध सम्बन्धी अपराधका कैदी बन्दीलाई राख्ने गरिएको हो । आगलागीमा परि अरु धेरै घाइते भएका छन्, केहीको आइसियूमा राखेर उपचार भइरहेको छ।

विद्युत सर्टसर्किट भएर आगलागी भएको हुन सक्ने अनुमान छ। आगो नियन्त्रणमा आएको र घटनाबारे अनुसन्धान भइरहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij