ई–आर्थिक, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओमा सर्बसाधारण लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । विक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार हालसम्म उक्त आईपीओमा १७ लाख १९ हजारको हाराहारीले आवेदन दिएका छन् । आवेदकले २ करोड २८ लाख २ हजार १५० कित्ता शेयर खरीदका गर्नका लागि आवेदन दिएका हुन् ।
उक्त पावरले सर्वसाधारणलाई ७ लाख ४४ हजार कित्ता आइपीओ विक्रीको लागि आव्हान गरेको थियो । यसलाई आधारमान्दा यो ३० दशमलव ६४ गुणा हो ।
कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्कासनमा ल्याएको हो । जसमध्ये १६ हजार कित्ता कर्मचारीहरुका लागि, ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन आव्हान गरिएको थियो ।
यस आईपीओमा आवेदकले भोली भदौ १३ गते आइतवारसम्म आवेदन गर्न सक्ने व्यवस्था रहेको छ ।
न्यूनतम १० कित्ताको लागि आवेदन दिन सक्नेछन् भने आधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन पाउने कम्पनीले जानकारी गराएको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. २८ करोड रहेको छ । आईपीओ निष्कासन पछि उक्त पूँजी रू। ४० करोड पुग्नेछ ।
आवेदकले आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सि आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट र मेरो शेयर एपबाट आवेदन दिन सक्नेछन् ।