२०८३ साउन १७ आइतबार

जननमूना माविलाई ज्योति विकास बैंकको आर्थिक सहयोग

ई आर्थिक    शुक्रबार, भाद्र ११ २०७८
7K
Shares
जननमूना माविलाई ज्योति विकास बैंकको आर्थिक सहयोग

ई–आर्थिक, काठमाडौं : ज्योति विकास बैंकले वीरेन्द्रनगर सुर्खेत, पिपल चौतारा–६ स्थित जन नमुना माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत समुदायमा व्यवस्थित ढंगले पिउने पानीको धाराको निर्माण र व्यवस्थापन गर्न आर्थिक सहयोग प्रदान गरेको हो ।

समुदायमा व्यवस्थित ढंगले शुद्ध पिउने पानीको धारा निर्माण र व्यवस्थापन गर्नका लागि बैंकले जन नमुना माविलाई एक कार्यक्रममार्फत एक लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको बैंकले जानकारी दिएको छ ।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकसँग प्रत्यक्ष रूपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्य गर्दै आएको छ । यसलाई निरन्तरता दिंदै जाने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij