२०८३ साउन १४ बिहिबार

भायानेटको पर्पल प्याक अफर : इन्टरनेट, टिभी प्याकेजसँगै एनसेलको ४८ जीबी मोबाइल डेटा सित्तैमा

ई आर्थिक    शुक्रबार, भाद्र ११ २०७८
4.4K
Shares
भायानेटको पर्पल प्याक अफर : इन्टरनेट, टिभी प्याकेजसँगै एनसेलको ४८ जीबी मोबाइल डेटा सित्तैमा

ई–आर्थिक, काठमाडौं । भायानेटले ग्राहक लक्षित पर्पल प्याक अफर ल्याएको छ । एनसेलसँगको सहकार्यमा उक्त अल इन वान अफर ल्याएको हो । भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदायक हो । आफ्ना ग्राहकहरुलाई सेवाहरु र अफरहरु प्रदान गर्ने कुरामा भायानेट सधैं अगाडि हुन्छ । यसै क्रममा सबैलाई यो अफर ल्याएको कम्पनीले जानकारी दिएको छ ।

यस अफर अन्तर्गत ८० एमबिपिएस भायानेट इन्टरनेट लिंदा ग्राहकहरुले १७५ भन्दा बढी च्यानल भएको भायाटिभीसँग–सँगै एनसेल सिम सित्तैमा पाउनु हुनेछ । यस सिम मार्फत ग्राहकले प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डेटा सित्तैमा पाइने भएको छ ।

त्यस्तैगरी, यो सिममार्फत ग्राहकहरुले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डेटा जस्ता उत्कृष्ट र उपयोगी सुविधाहरु पनि पाउने छन् ।

यी सबै सुविधाहरु ग्राहकहरुले जम्मा मासिक रु. १६०० मा पाउन सक्नेछन् । यो अफर भायानेटको १०० एमबिपिएस इन्टरनेटमा पनि उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

सुपर स्पीड इन्टरनेट, मनोरञ्जनको लागि १७५ भन्दा बढी च्यानल भएको भायाटिभी, एनसेलको फष्ट क्लास मोबाइल डेटा प्याक, फ्रि टकटाइम, एसएमएस लगायतका सुविधा भएकोले यो पर्पल प्याक, साँच्चै नै अल–इन–वान भएको कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij