२०८३ साउन १७ आइतबार

ई–सेवा मनी ट्रान्सफर र महालक्ष्मी विकास बैंक बिच समझदारी पत्रमा हस्ताक्षर

ई आर्थिक    आइतबार, साउन ३१ २०७८
6.5K
Shares
ई–सेवा मनी ट्रान्सफर र महालक्ष्मी विकास बैंक बिच समझदारी पत्रमा हस्ताक्षर

ई–आर्थिक, काठमाडौं । ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई मनी ट्रान्सफर सम्बन्धि थप सुविधा प्रदान गर्ने उद्देश्यले ई–सेवा मनी ट्रान्सफरसँंग सम्झौता गरेको छ ।

ई–सेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो । अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट ई–सेवा रेमिटमार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् ।

बैंकले हाल सम्म २४ वटा रेमिटान्स कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई रेमिटान्स सुविधा प्रदान गर्दै आईरहेको छ ।

१०३ वटा शाखाहरु मार्फत बैकिङ्ग कारोवार गर्दै आईरहेको बैंकले आगामी दिनमा बैकिङ्ग सेवालाई अत्याधुनिक प्रविधि मैत्री बनाई ग्राहकहरुलाई थप गुणस्तरीय सेवा प्रदान गर्न प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij