ई–आर्थिक, काठमाडौं । नेपाली चलचित्रकी अभिनेत्री/कलाकार जेनी कुँवरले आत्महत्या गरेकी छिन् । आफू एक्लै बस्दै आएको अनामनगरस्थित एक अपार्टमेन्टमा उनी बिहीबार साँझ झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।
केही समय कलाकारितामा लागेकी कुँवर पछिल्लो समय धार्मिक क्रियाकलापमा संलग्न थिइन् ।
विशेषगरी पछिल्लो समयमा उनको धार्मिक गतिविधि पशुपति मन्दिर क्षेत्र परिसरमा हुदै आएको थियो । उनले त्यहाँ गर्ने गरेका गतिविधिका कारण बारम्बार विवादमा समेत पर्दै आएकी थिइन् ।
आफैंले झुण्डिएर आत्महत्या गरेको आशंका गरे पनि प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
उनले ‘घायल’, ‘खरानी’, ‘हलचल’, ‘जिन्दगानी’, ‘मैदान’, ‘जीवनदाता’ लगायत दर्जन फिल्ममा अभिनय गरेकी छन् ।