२०८३ साउन ११ सोमबार

महेश बस्नेतको प्रश्नः गान्धीलाई जस्तै प्रधानमन्त्री ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ?

ई आर्थिक    शनिबार, जेष्ठ २९ २०७८
10K
Shares
महेश बस्नेतको प्रश्नः गान्धीलाई जस्तै प्रधानमन्त्री ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ?

काठमाडौँ : नेकपा एमालेका युवा नेता महेश बस्नेतले महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? भनि प्रश्न गरेका छन्।

शुक्रबार बागमती प्रदेशसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएपछि नेता महेश बस्नेतले सामाजिक सञ्जालमा उक्त प्रश्न गरेका हुन्।

कांग्रेस नेता वैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएपछि एमालेसहित नेपाली कांग्रेसका नेताहरुले पनि उनको यो अभिव्यक्तिको निन्दा गरेका छन्। यस्तै, नेता बस्नेतले उनलाई हदैसम्मको कारबाहीको माग समेत गरेका छन्।

‘माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री के पी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? प्रश्न गर्दै नेता बसनेतले भने, ‘गान्धीका हत्यारा नाथुराम गोडसे बन्न तयार छु भनेर कांग्रेसको नरोत्तम बैद्यले प्रदेश शभामा खुल्लम खुल्ला बोलिरहेका छन्। यो मान्छेलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नु पर्दछ। अन्यथा जनताको आक्रोश प्रकट भएर यस्ता ब्यक्तिलाई सडकमै प्रतिरोध गर्न सक्छन्।’

यस्तै, उनले अगाडि भने, ‘त्यस्तो अप्रीय घटना घटनु भन्दा अगाडी सरकार सचेत हुनु पर्दछ। के पी ओलीलाई मार्ने योजना बनाईरहदा याद गर उहाँको लागि मर्न र मार्न तयार भएका हजारौ समर्थक र शुभचिन्तक आफ्नो ज्यान दिन तयार छन् । मदन भण्डारीको रहस्यमय हत्याबाट प्रताडित जनसमुदाय र एमाले कार्यकर्ता आफ्नो नेताको रक्षा गर्न जे गर्न पनि तयार छन् ।’ नागरिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij