२०८३ साउन ११ सोमबार

अर्थविद डा. गोविन्द थापाको निधन

ई आर्थिक    मंगलबार, जेष्ठ १८ २०७८
15K
Shares
अर्थविद डा. गोविन्द थापाको निधन

ई–आर्थिक, काठमाडौं । अर्थविद एवं नेकपा (एमाले) अर्थ विभागका सचिव डा. गोविन्दबहादुर थापाको निधन भएको छ । थापाको निधनले मुलुकले राम्रो अर्थविद् गुमाएको छ । नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक, नेपालका प्रसिद्ध अर्थशास्त्री, बौद्धिक व्यक्तित्व डा. थापाको कोरोना (कोभिड१९) का कारण उपचाररत रहेकै अवस्थामा काठमाडौमा निधन भएको हो ।

उनी मनमोहन स्मृति प्रतिष्ठानका सदस्य तथा मनमोहन प्राविधिक विश्व विद्यालयका बोर्ड सदस्य थिए ।

स्व. भरतमोहन अधिकारी अर्थमन्त्री रहँदा डा. थापा हरेक पटक बरिष्ठ आर्थिक सल्लाहकारको भूमिकामा रहने गर्दथे । थापाको निधनप्रति मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

डा‍. थापा पोखराको नयाँबजारका स्थायी बासिन्दा हुन् ।

गण्डकीका अर्थमन्त्री किरण गुरुङले यो घटनाले अवाक, स्तब्ध र मर्माहत भएको बताए । उनले आफ्नो फेसवुक स्टाटसमा लेखेका छन्– ‘नेपालको एउटा बौद्धिक व्यक्तित्वको अवसानले अपूरणीय क्षति पुगेको छ र तपाईंका अभाव सदैव खड्किरहने छ । स्व. गोविन्द थापाप्रति भावपूर्ण श्रद्धाञ्जली एवं शोकाकुल समस्त परिवारजनमा गहिरो समवेदना ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij