२०८३ साउन ११ सोमबार

काठमाडौं उपत्यकामा कुन विकास बैंक कुन दिन कहाँ–कहाँ खुल्छ ? सूचि सहित

ई आर्थिक    आइतबार, जेष्ठ १६ २०७८
11.3K
Shares
काठमाडौं उपत्यकामा कुन विकास बैंक कुन दिन कहाँ–कहाँ खुल्छ ? सूचि सहित

ई–आर्थिक, काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले काठमाडौं उपत्यकामा खुल्ने आफ्ना मातहतका सदस्य बैंकहरूको सूचि सार्वजानिक गरेको छ । एशोसिएसनले एक विज्ञप्ती प्रकाशित गर्दै हप्ता दिनभर खुल्ने बैंकको सूचि सार्वजानिक गरेको हो ।

विश्वब्यापी रुपमा फैलिएरहेको कोभिड १९ संक्रमण जोखिम न्यूनिकरण गर्दै उच्च सतर्कताको साथमा बैंकिङ्ग सेवा प्रभाह गर्ने सम्वन्धमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन बिभागको मिति २०७८/०२/१० गतेको सूचना मार्फत नेपाल राष्ट्र बैंकबाट इजजात पत्र प्राप्त “क” “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशन अनुसार काठमाण्डौ उपत्यका भित्र “ख” बर्गका विकास बैंकहरुको हकमा उक्त सूचि प्रकाशित गरिएको विज्ञप्तीमा उल्लेख छ ।

जस अनुसार काठमाण्डौ जिल्लामा २ वटा, ललितपुर जिल्लामा १ वटा र भक्तपुर जिल्लामा १ वटा शाखा खोल्नको लागि निर्देशन भए अनुसार डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालमा आवद्ध राष्ट्रिय स्तरका ८ सदस्य विकास बैंकहरुले मिति २०७८/०२/१६ गते आइतबार देखि २०७८/०२/२१ गते शुक्रबारसम्म खुल्ने ब्यवस्था गरेको हो ।

काठमाण्डौ उपत्यका भित्र विकास बैंकहरुका शाखा कार्यालयहरु खुल्ने समय विहान १० वजे देखि २ वजे सम्म मात्र रहने एशोसिएसनका अध्यक्ष प्रद्युमन पोखरेलले जानकारी दिए ।
उपत्यका बाहिर भने स्थानीय निकायको निर्देशन अनुसार संचालन हुने उनले जानकारी दिएका छन् ।

कुन बैंक कुन दिन कहाँ–कहाँ खुल्छ ?

गरिमा विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबार : लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ १७ गते सोमबार : लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।
जेठ १८ गते मंगलबार : लाजिम्पाट, गोङ्गबु न्यूरोड, कुमारीपाटी र सुर्यविनायक ।
जेठ १९ गते बुधबार : लाजिम्पाट, चावहिल, कुलेश्वर, इमाडोल र गठ्ठाघर ।
जेठ २० गते विहिबार : लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ २१ गते शुक्रबार : लाजिम्पाट, कलंकी, न्यूरोड, इमाडोल र गठ्ठाघर ।

ज्योति विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबार : महाराजगंज, सुन्धारा र बोडे ।
जेठ १७ गते सोमबार : असन, फुटुङ्ग र झम्सिखेल ।
जेठ १८ गते मंगलबार : कमलपोखरी, कोटेश्वर र च्यामासिंह ।
जेठ १९ गते बुधबार : सिनामगंल, गोङ्गबु र प्रयागपोखरी ।
जेठ २० गते विहिबार : बालाजु, रातोपुल र चापागाँउ ।
जेठ २१ गते शुक्रबार : नेपालटार, सरस्वतीनगर र सातदोबाटो ।

कामना सेवा विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबार : चावहिल, भिम्सेनगोला र मनमैजु ।
जेठ १७ गते सोमबार : सानागाँउ, गोङ्गबु, नयाँबानेश्वर र लोकन्थली ।
जेठ १८ गते मंगलबार : ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधेराधे ।
जेठ १९ गते बुधबार : कुमारीपाटी, भङगाल, बौद्ध र न्यूरोड ।
जेठ २० गते विहिबार : कुमारीपाटी, चावहिल, ठमेल र राधेराधे ।
जेठ २१ गते शुक्रबार : ग्वार्को, कुलेश्वर, बालाजु र लेकन्थली ।

लुम्बिनी विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबार : त्रिपुरेश्वर, डिल्लीबजार र कुमारीपाटी ।
जेठ १७ गते सोमबार : गोङ्गबु, कान्तिपथ र बोडे
जेठ १८ गते मंगलबार : नरेफाँट, बसुन्धारा र मंगलबजार ।
जेठ १९ गते बुधबार : नारायणटार, कात्यायनी र कौशलटार ।
जेठ २० गते विहिबार : न्यूरोड, टोखा र महालक्ष्मीस्थान ।
जेठ २१ गते शुक्रबार : कपन, कुलेश्वर र लेले ।

महालक्ष्मी विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबार : दरबारमार्ग, गोङ्गबु र सातदोबाटो ।
जेठ १७ गते सोमबार : बानेश्वर, महाराजगञ्ज र झम्सिखेल ।
जेठ १८ गते मंगलबार : दरबारमार्ग, थापाथली, कुमारीपाटी र भक्तपुर ।
जेठ १९ गते बुधबार : तिनचुली, कालीमाटी र सातदोबाटो ।
जेठ २० गते विहिबार : दरबारमार्ग, सतुंगल र झम्सिखेल ।
जेठ २१ गते शुक्रबार : नयाँबजार, नक्साल भाटभनेटी, कुमारीपाटी र भक्तपुर ।

मुक्तिनाथ विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबार : जमल, माछापोखरी,कुमारीपाटी र थिमी ।
जेठ १७ गते सोमबार : नयाँबानेश्वर, महाराजगञ्ज, कुपण्डोल र कमलविनायक ।
जेठ १८ गते मंगलबार : न्यूरोड, चावहील, इमाडोल र सुर्यविनायक ।
जेठ १९ गते बुधबार : कमलादी, सितापाइला, कुमारीपाटी र थिमी ।
जेठ २० गते विहिबार : ठमेल, वसुन्धरा, भैसेपाटी र सुर्यविनायक ।
जेठ २१ गते शुक्रबार : कुलेश्वर, कोटेश्वर, बाँडेगाँउ र कमलविनायक ।

साग्रिला डेभलपमेण्ट बैंक लिमिटेड

जेठ १६ गते आइतबार : न्यूरोड, सानेपा, थिमी र नयाँबानेश्वर ।
जेठ १७ गते सोमबार : इमाडोल, पेप्सीकोला, कमलविनायक र असन ।
जेठ १८ गते मंगलबार : अनामनगर, बनस्थली, नखिपोट र थिमी ।
जेठ १९ गते बुधबार : नारायनटार, कपन, सानेपा र कमलविनायक ।
जेठ २० गते विहिबार : बालुवाटार, थिमी र चावहिल ।
जेठ २१ गते शुक्रबार : इमाडोल, टोखा, कालीमाटी र कमलविनायक ।

साईन रेसुगा डेभलपमेण्ट बैंक लिमिटेड

जेठ १६ गते आइतबार : गोङ्गबु र नयाँबानेश्वर ।
जेठ १७ गते सोमबार : कलंकी र न्यूरोड ।
जेठ १८ गते मंगलबार : नयाँबानेश्वर र महाराजगञ्ज ।
जेठ १९ गते बुधबार : कलंकी र गोङ्गबु ।
जेठ २० गते विहिबार : नयाँबानेश्वर र न्यूरोड ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij