२०८३ साउन ११ सोमबार

परिवर्तनको लागि हातेमालो समाज रोग र भोक न्यूनिकरण गर्न ‘फ्रण्टलाइनमा’, समाजलाई बशिष्ठ डेभलपर्सको साथ

ई आर्थिक    शनिबार, जेष्ठ १५ २०७८
7.9K
Shares
परिवर्तनको लागि हातेमालो समाज रोग र भोक न्यूनिकरण गर्न ‘फ्रण्टलाइनमा’, समाजलाई बशिष्ठ डेभलपर्सको साथ

मिलन खडका, विराटनगर : ‘समाज परिवर्तन युवाको काधमा’ भन्ने मूल नाराका साथ विगत ४ वर्ष देखि समाज परिवर्तनका निम्ति विराटनगरका सक्रिय युवाहरुको समूह परिवर्तनको लागि हातेमालोले समाज परिवर्तनका निम्ति विभिन्न सामाजिक काम गर्दै आएको छ । यसैक्रममा हातेमालोले आहिले भोक र रोगको यस समयमा आफूलाई फ्रन्टलाइन रहेको काम गर्दै आएको छ ।

यस सामाजिक संस्थाले कोसी अञ्चल अस्पतालमा आफ्नो सहयोगी अभियान्तालाई खटाएर पिसिआर जस्तो संवेदनशील ठाउँमा आफ्नो पछिल्लो अभियानको सुरूवात गरेको छ । कोशी अस्पतालका मेसुलगायत व्यवस्थापन समितिका अध्यक्षसँग सहकार्य गरी यो अभियान सञ्चालन गरेको अभियानका अध्यक्ष तथा लिडर विनोद चाहरले बताए ।

त्यस्तै संस्थाले विराटनगर महानगरपालिकाका कोरोना पोजेटिभ देखिएका ७/८ वटा घरहरुमा सेनिटाइज गर्ने काम पनि गरेको छ ।

कोभिड–१९ को यस्तो महामारीमा समेत आफ्नो जीवनको प्रवाह नगरी समाज र समुदायका लागि निःस्वार्थ योगदान पु¥याउँदै आएको समाजका अध्यक्ष चहार बताउछन् ।

त्यसैगरी संस्थाले केही दिन पछि विपन्न वर्गका बिरामीलाई लक्षित गरी कोशी अञ्चल अस्पताल निःशुल्क खाना समेत खुवाउने योजना बनाएको संस्थालाई सहयोग गर्ने वशिष्ठ डेभलपर्स प्रालिका सञ्चालक विमल भट्टराईले बताए ।

संस्थाका अध्यक्ष चाहरले आगामी दिनमा सेनिटाइजर सम्बन्धि कार्य गर्ने र निःशुल्क खाना खुवाउने कार्यक्रमलाई निरन्तरता दिइरहेने योजना बनाएको बताए ।
समाज र समुदायमा आउने विभिन्न समस्या तथा विपतिमा हातेमालोको गर्दै पूर्ण साथ र सहयोग प्रदान गरिरहने संस्थाको योजना रहेको पनि अध्यक्ष चाहरको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij