२०८३ साउन ११ सोमबार

मुख्यमन्त्री गुरुङद्वारा राजीनामा, तीन दिनभित्र सरकार गठन गर्न दलहरुलाई आह्वान

ई आर्थिक    आइतबार, बैशाख २६ २०७८
3.4K
Shares
मुख्यमन्त्री गुरुङद्वारा राजीनामा, तीन दिनभित्र सरकार गठन गर्न दलहरुलाई आह्वान

ई–आर्थिक, पोखरा : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले नेपालको संविधानको धारा १६९ को उपधारा १(क) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष आज राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री गुरुङ नेतृत्वको मन्त्रिपरिषद्ले हालसम्म गरेका कामप्रति धन्यवाद दिँदै अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि संविधानको १६९ को उपधारा (३) बमोजिम मौजूदा काम सञ्चालन गर्न र धारा १६८ को उपधारा (२) बमोजिम तीन दिनभित्र सरकार गठन गर्न दलहरुलाई आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री गुरुङविरुद्ध गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेकाले त्यसमाथि सोमबार गण्डकी प्रदेशसभामा मतदान हुने कार्यक्रम थियो । सोअगावै नेकपा(एमाले) संसदीय दलका नेताका रुपमा रहनुभएका मुख्यमन्त्री गुरुङले आज राजीनामा दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij