२०८३ साउन ९ शनिबार

नेपाल लाइफ इन्स्योरेन्स २१औँ वर्षमा प्रवेश

ई आर्थिक    मंगलबार, बैशाख २१ २०७८
5.1K
Shares
नेपाल लाइफ इन्स्योरेन्स २१औँ वर्षमा प्रवेश

१०१ अर्ब २८ करोड रुपैयाँको सर्वाधिक जीवन बीमाकोष र ८ अर्ब ८५ करोडभन्दा बढी सर्वाधिक शेयरधनी कोष बनाउन सफल

ई–आर्थिक, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पूरा गरी २१औँ वर्षमा प्रवेश गरेको छ । कम्पनी विसं २०५८ वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले २१औँ वार्षिकोत्सवका अवसरमा सन्देशमार्फत हाल कोरोना भाइरस महामारीका कारण सम्पूर्ण विश्व नै आक्रान्त भइरहेको अवस्थामा सबैलाई संयमता अपनाउँदै आफू, आफ्नो परिवार, समाज एवं सम्पूर्णको सुरक्षा तथा स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड अपनाई आवश्यक जीवनशैली अपनाउन आग्रह गर्नुभएको छ ।

साथै उहाँले कोरोना भाइरसको महामारीमा पनि सरलरुपमा जीवन बीमा सेवा प्रवाह गर्न कम्पनीले कुनै कसूर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कम्पनीले बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको जनाएको छ । नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवा, खल्ती, कनेक्ट आईपीएस, फोन पे, आईएमई पे तथा प्रभु पेलगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ ।

कम्पनीमा सर्वाधिक लगानी रु १११ दशमलव ४७ अर्ब रहेको छ भने सर्वाधिक जीवन बीमाकोष रु १०१ अर्ब २८ करोड र सर्वाधिक शेयरधनी कोष रु आठ अर्ब ८५ करोडभन्दा बढिरहेको कम्पनीले जनाएको छ । कम्पनीको सर्वाधिक चुक्ता पूँजी सात दशमलव १९ अर्बभन्दा माथि रहेको छ भने एक अर्बभन्दा बढी सर्वाधिक बजार पूँजीकरण रहेको कम्पनीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले सर्वाधिक आंशिक अवधि भुक्तानी रु ११ दशमलव ९८ अर्ब, सर्वाधिक पूर्ण अवधि भुक्तानी रु नौ दशमलव ७७ अर्ब तथा सर्वाधिक मृत्यु दाबी रु तीन दशमलव ७३ अर्बभन्दा बढी भुक्तानी गरिसकेको छ ।

कम्पनीमा एक लाख ७६ हजार ४३ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् भने कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका आफ्ना हाल २०० शाखा तथा उपशाखामार्फत जीवन बीमासम्बन्धी सेवा उपलब्ध गराइरहेको जनाएको छ । कम्पनीमा हालसम्म वैदेशिक रोजगारसमेत गरी २८ लाख ८२ हजार ३४२ व्यक्ति बीमित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij