ई–आर्थिक, काठमाडौं । प्रभु बैंक सञ्चालक समितिको अध्यक्षमा लिलाप्रकाश सिटौला चयन भएका छन् । बैंक सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक सिटौलालाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।
बैंकका निवर्तमान अध्यक्ष देवीप्रकाश भट्टचन अध्यक्षबाट बाहिरिएपछि बैंकका अध्यक्ष पद खाली रहेको थियो । हाल अध्यक्ष भएका सिटौलालाई चैत २३ गतेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक चयन गरेको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका सिटौलासँग राष्ट्र बैंकको पहलमा खोलिएको पूर्वाञ्चल ग्रामीण विकास बैंंकको सीइओको रुपमा काम गरेको अनुभव छ ।
उनको अध्यक्षतामा बैंकले थप प्रगति गर्ने विश्वास बैंकले लिएको छ ।