ई–आर्थिक, काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपाने ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ बाट विभूषित भएका छन् ।
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६/०५/३१ को निर्णयबाट सिफारिस भएअनुसार २०७६ आश्विन ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट विभूषण प्रदान गर्ने घोषणा भएको थियो ।
उक्त विभुषण राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित सुशोभन समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी हुन् ।

सोही विशेष समारोहका बीच राष्ट्रपतिबाट बैंकका सहायक महाप्रबन्धक रन्जन खड्कालाई ‘जनसेवा श्री (पञ्चम)’ विभूषण प्रदान गरिन् । बैंक दुई उच्च पदमा कार्यरत कर्मचारीलाई विभुषित गरेकोमा नेपाल सरकार प्रति कृतज्ञता व्यक्त गर्दै बिभुषित दुबैलाई बधाई ज्ञापन समेत गरेको छ ।