ई–आर्थिक, काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भयो । सभामा संस्थाका अध्यक्ष अमृतचरण श्रेष्ठले वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
राष्ट्रियस्तरको कार्यक्षेत्र र १३ करोेड ३१ लाख चुक्ता पूँजी रहेको यस वित्तीय संस्थाले आ.व.२०७६/०७७ को नाफा र संचित मुनाफाबाट १० प्रतिशत बोनश शेयर वितरण गर्ने, आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिबेदन र सोही अवधिसम्मको नाफा नोक्सान पारित गर्नुका साथै आ.व.२०७७/०७८ का लागि लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।
सम्पन्न साधारण सभाबाट रिक्त २ जना सर्वसाधारण शेयरधनीका तर्फको संचालकमा सरिता श्रेष्ठ र दिपक नरसिंह श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
सहयात्रा वित्तीय संस्थाले नेपालका २१ जिल्लामा ३४ वटा शाखा मार्फत अति दुर्गम र पिछडिएका समुदायलाई लघुवित्त सेवा प्रदान गर्र्दै आएको संस्थाले जानकारी दिएको छ ।