२०८३ भाद्र २७ शनिबार

नेपाल लिकर्सको नयाँ ब्राण्ड मिस्टर डोवल्स नम्बर वान लक्जरी बजारमा

ई आर्थिक    शुक्रबार, फाल्गुन २८ २०७७
28.2K
Shares
नेपाल लिकर्सको नयाँ ब्राण्ड मिस्टर डोवल्स नम्बर वान लक्जरी बजारमा

ई–आर्थिक, काठमाडौं । नेपाल लिकर्स प्रालिले नयाँ ब्राण्ड मिस्टर डोवल्स नम्बर वान लग्जरी बजारमा ल्याएको छ । कम्पनीले स्मुदेस्ट नम्बर वन लक्जरी ट्यागसहित मिष्टर डोवल्स नम्बर वान लक्जरी नेपाली बजारमा उपलब्ध गराएको हो । उक्त ब्राण्डलाई एक कार्यक्रमका बीच हालै सार्वजनिक गरिएको थियो ।

७५०, ३७५, र १८० मिलिलिटरको बोतलमा यो ब्राण्ड बजारमा उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ । यी ब्राण्डहरु क्रमशः रु ९२०, ४६० र २३० बजार मुल्यमा उपलब्ध रहेको कम्पनीको भनाई छ ।

नेपाली बजारमा अन्तराष्ट्रिय ब्राण्डको स्वाद नेपाली उपभोक्तालाई सुपथ मुल्यमा उपलब्ध गराउने उद्देश्यले मिस्टर डोवेल्स नम्बर वानलाई बजारमा ल्याइएको नेपाल लिकर्स प्रालिका अध्यक्ष राजेशवीर सिंह तुलाधारले बताए ।

विश्व प्रख्यात ब्राण्डहरुको उत्पादन गर्दै आएको नेपाल लिकर्सले एन्टिक्वेटी, सिग्नेचर, रोयल च्यालेन्ज, ब्लु रीबन्ड जीन जस्ता ब्राण्डहरु उपभोक्ता माझ लोकप्रिय रहेका कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij