२०८३ साउन ११ सोमबार

घुससहित पक्राउ परेका मकवानपुरका सव–इन्जिनियरलाई अनुसन्धान गरिदै

ई आर्थिक    शनिबार, फाल्गुन २२ २०७७
2.7K
Shares
घुससहित पक्राउ परेका मकवानपुरका सव–इन्जिनियरलाई अनुसन्धान गरिदै

ई–आर्थिक, काठमाडौं : ५० हजार घुससहित पक्राउ परेका सव–इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
पर्यटन विकास आयोजना बागमती प्रदेश हेटौडा मकवानपुरका सव इन्जिनियर नेत्र प्रसाद लामिछानेलाई घुस रकमसहित पक्राउ गरेको थियो ।

सेवाग्राहीसँग निर्माण कार्य सम्पन्नपछि धरौटी रकम भुक्तानी दिने प्रयोजनका लागि रकम माग गरेको सूचनाका आधारमा उनकै कार्यालय परिसरबाट आयोगको टोलीले नियन्त्रणमा लिएको थियो ।

उक्त घटनाका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij