ई–आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेडले आईडिया स्टुडियो नेपालसँगको सहकार्यमा सहयात्रा समृद्धिको कर्जा योजना अन्तर्गत सोलुखुम्बु जिल्ला, खुम्बु पासाङल्हामु गाउपालिका, वार्ड नं ३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ ।
एक कार्यक्रमका बीच प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले महिला ट्रेकिङ उद्यमीहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरी उक्त सहुलियतपूर्ण कर्जा प्रदान गर्नुभएको बैंकले जानकारी दिएको छ ।
कोभिड–१९ को मारमा परेको ट्रेकिङ व्यवसाय र नियमित आय आर्जनबाट बिमुख हुन पुगेका महिला ट्रेकिङ उद्यमीहरुलाई ट्रेकिङको लागी चाहिने बन्दोबस्तिका समानहरुको जोहो गरी आफ्नो उद्यम व्यवसायलाई पुन : सुचारु गर्दै जिवनस्तर सुदृढ पार्न यस कर्जाले सहयोग गर्ने बिश्वास बैंकले लिएको छ ।