२०८३ साउन १० आइतबार

नेपाल लाइफको ५१ प्रतिशत लाभांश पारित, चार बर्षको लागि सीईओमा सन्तोष प्रसाई नियुक्त

ई आर्थिक    बिहिबार, माघ २९ २०७७
8.6K
Shares
नेपाल लाइफको ५१ प्रतिशत लाभांश पारित, चार बर्षको लागि सीईओमा सन्तोष प्रसाई नियुक्त

ई–आर्थिक, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५१ प्रतिशत लाभांश पारित भएको छ । होटल भिष्वा बीरगञ्जमा सम्पन्न कम्पनीको २० औं वार्षिक साधारणसभाले सो निर्णय पारित गरेको हो ।

सो सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरेको छ । त्यस्तै कम्पनीको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका विवरणहरू छलफल गरी पारित गरेको छ ।

कम्पनीको प्रति शेयर मूल्य हाल एक सय रुपैयाँ रहेकोमा त्यसलाई घटाएर ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । सो सभाले आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिने एजेण्डा पारित गरेको छ ।

सिईओमा सन्तोष प्रसाई नियुक्त

यसैबीच नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सन्तोष प्रसाई नियुक्त भएका छन् । कम्पनीको माघ २७ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईँलाई सीईओमा नियुक्त गरेको हो । सीईओ प्रसाईको कार्यकाल ४ वर्षको रहने छ ।

प्रसाई यसअघि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतका रुपमा सोही इन्स्योरेन्समा कार्यरत थिए ।

त्यसैगरी कम्पनीको २०औं बार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट दुईजना संचालक समितिलाई पनि चयन गरेको छ । सभाले विमल प्रसाद ढकाल र कृष्णराज लामिछानेलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij