ई–आर्थिक, काठमाडौं । अमेरिकाको पहिलो महिला वित्त मन्त्रीको रुपमा ज्यानेट यलेन बन्ने भएकी छन् । माथिल्लो सदन सिनेटले उनको नाम अनुमोदन गरेसँगै ज्यानेट यलेन नियुक्त हुने पक्का भएको हो ।
अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनले ज्यानेटलाई वित्त मन्त्रालयको जिम्मेवारी सुम्पिने गरि उनको नाम मनोनित गरेका थिए ।
सुनुवाईपछि भएको मतदानमा सिनेटले ज्यानेटको नाम अनुमोदन गरेको थियो । योसँगै उनी वित्त मन्त्री बन्ने पहिलो महिला बनेकी छन् ।
सन् २०१४ देखि २०१८ सम्म अमेरिकी केन्द्रीय बैंकको प्रमुख रहेकी ज्यानेटलाई सिनेटको अर्थ समितिमा रहेका दुवै पार्टी (डेमोक्र्याटिक र रिपब्लिकन) का सांसदले समर्थन गरेका थिए ।
बाइडेन प्रशासनको कोरोना महामारीले सिथिल अर्थतन्त्र उकास्नका लागि अर्थ नीतिका लागि ज्यानेट जिम्मेवार हुने छिन् । माथिल्लो सदन सिनेटमा ज्यानेटको अनुमोदनका लागि जनवरी १९ देखि सुनुवाई सुरु भएको थियो ।