२०८३ साउन ११ सोमबार

महासंघको बागमती प्रदेशको कार्यकारिणी समितिको बैठक सम्पन्न, विभिन्न महत्वपूर्ण निर्णयहरु पारित

ई आर्थिक    मंगलबार, माघ ६ २०७७
7.7K
Shares
महासंघको बागमती प्रदेशको कार्यकारिणी समितिको बैठक सम्पन्न, विभिन्न महत्वपूर्ण निर्णयहरु पारित

ई–आर्थिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कार्यकारिणी समितिको दोस्रो बैठक अध्यक्ष दिलसुन्दर श्रेष्ठको सभापतित्वमा हेटौंडामा सम्पन्न भयो । बैठकमा बागमती प्रदेशका उपाध्यक्ष सविन श्रेष्ठ, दुर्गाराज श्रेष्ठ, कोषाध्यक्ष गुणराज श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरुको उपस्थिति थियो ।

सो बैठकले महासंघको बागमती प्रदेश सचिवालय हाललाई केही समय मकवानपुर उद्योग वाणिज्य संघको सचिवालयमा राख्ने । सचिवालय व्यवस्थापनको लागि नेउवामहासंघ बागमती प्रदेशका कार्यकारिणी समिति सदस्य जीवनकाजी माकजु श्रेष्ठलाई जिम्मेवारी दिने जस्ता महत्वपूर्ण निर्णय ग¥यो ।

अध्यक्षबाट विधानत मनोनयन हुने कार्यकारिणी समितिमा देहायका व्यक्तिहरुलाई सदस्य पदमा मनोनयन गर्ने,

क) प्रतिमा भट्ट, गुर्खा इन्काउन्टर प्रा.लि.
ख) राजु श्रेष्ठ, अध्यक्ष, उद्योग वाणिज्य संघ चितवन
ग) बोधनाथ दुवाडी, नि. अध्यक्ष, धादिङ उवासंघ
घ) गेल्बु शेर्पा, अध्यक्ष, उद्योग वाणिज्य संघ, जिरी

समिति गठन

विधान त देहायका समिति गठन गरी देहायका पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरुलाई संयोजकको जिम्मेवारी दिनेः
१. सीप तथा तालिम समिति : सविन श्रेष्ठ, उपाध्यक्ष
२. राजस्व समिति : दुर्गाराज श्रेष्ठ उपाध्यक्ष
३. मेला महोत्सव तथा प्रदर्शनी : गुणराज श्रेष्ठ,कोषाध्यक्ष
४. घरेलु तथा साना उद्योग समिति : श्यामथापा
५. सचिवालय व्यवस्थापन समिति : जीवनकाजी माकजु
श्रेष्ठ
६. सूचना सञ्चार प्रविधि तथा प्रकाशन समिति : कैलाश पलाञ्चोके
७. वाणिज्य तथा आपूर्ति समिति : शिव प्रसाद मानन्धर
८. उद्योग समिति : वीरेन्द्रनाथ भटृराई
९. रोजगारदाता समिति : प्रदीपमान प्रधान
१०. महिला विकास समिति : प्रतिमा भटृ
११. यातायात तथा पारवहन समिति : गेल्वु शेर्पा
१२. कृषि विकास समिति : बोधनाथ दुवाडी
१३. पर्यटन समिति : राजु श्रेष्ठ

भावी कार्यक्रम सम्बन्धमा

बागमती प्रदेशभित्र उद्योग व्यवसायको विस्तार, व्यवसायिक हक हित संरक्षण तथा व्यवसायिक क्रियाकलापको प्रवद्र्धन लगायतमा आवश्यक कार्यका लागि प्रदेश च्याप्टरलाई सकृय रुपमा अगाडी बढाउने सम्बन्धमा आवश्यक छलफल हुंदा नवगठित समितिबाट सुझाव प्राप्त भएपछि सोहि अनुसार अगाडी बढने ।

बागमती प्रदेश सचिवालय निर्माण सम्बन्धमा हेटौंडा उपमहानगरपालिकाका मेयरसंग भएको भेटवार्तामा मेयरबाट कम्तिमा २ कट्ठा जग्गा व्यवस्था गरिदिने आश्वासन पाएकाले भवन निर्माण कार्यलाई अगाडी बढाउने ।

साथै माघ ३ गते हेटौंडामा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको स्टावलिसिङ्ग इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटेरियट प्रोजेक्टको प्रदेशस्तरीय सचिवालयको समुदघाटन कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको महासंघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij