२०८३ साउन ११ सोमबार

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा उद्योगी दुगड नियुक्त, निजीक्षेत्रको समस्या र बेरोजगार घटाउन केन्द्रित हुने

ई आर्थिक    सोमबार, माघ ५ २०७७
6.3K
Shares
प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा उद्योगी दुगड नियुक्त, निजीक्षेत्रको समस्या र बेरोजगार घटाउन केन्द्रित हुने

ई–आर्थिक, काठमाडौं । प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा उद्योगपति तथा पूर्वराज्यमन्त्री मोतीलाल दुगड नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले उनलाई नियुक्त गरेको हो ।

सल्लाहकार दुगडले आज मङ्गलबारदेखि सिंहदरबारमा आफ्नो कार्यभार सम्हाल्ने छन् । उनी यसअघिका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडाका स्थानमा नियुक्त भएका हुन् ।
मुलुकमा विद्यमान आर्थिक अनियमितता हटाउँदै आर्थिक समृद्धि गर्ने विषयमा आफूले प्रधानमन्त्रीलाई सिफारिश गर्ने विशेष सल्लाहकार दुगडले बताए ।

‘औद्योगिकीकरणमार्फत आर्थिक गतिविधि बढाउँदै बेरोजगारी हटाउने, आयात/निर्यात सन्तुलन कायम गर्ने, व्यापार घाटा घटाउने, आर्थिक अनियमितता हटाउने र भ्रष्टाचार निवारण गर्ने विषयमा मेरो विशेष जोड रहने छ’, उनले भने ।

सही बजेट विनियोजन, आयात/निर्यात, शेयर बजार, बैकिङ, राजश्व आदि विषयमा पनि आफू केन्द्रित हुने उनको भनाई छ ।

सेन्चुरी ब्राण्डबाट विभिन्न उत्पादनमूलक उद्योग सञ्चालन गर्दै आएका दुगड विराटनगरका हुन् ।

दुगड यसअघि नेपाल सद्भावना पार्टी, नवनेपाल निर्माण पार्टी, नेकपा (एमाले) हुँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग आबद्ध भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij