२०८३ साउन ९ शनिबार

अर्को सहकारी बैंक स्थापना गर्ने प्रक्रिया अघि बढ्दै

ई आर्थिक    बुधबार, पौस २९ २०७७
14.7K
Shares
अर्को सहकारी बैंक स्थापना गर्ने प्रक्रिया अघि बढ्दै

ई–आर्थिक, काठमाडौं । सहकारी संस्थाहरूलाई सेवा लक्षित गरी अर्को पनि बैंक स्थापना हुने भएको छ । सहकारी संस्थालाई सेवा लक्षित गरी लगभग सोही प्रकृतिको राष्ट्रिय सहकारी बैंक लिमिटेड भइरहेकै समयमा अर्को बैंक स्थापना हुन लागेको हो ।

नेपाल सहकारी बैंक नामको उक्त बैंकको प्रारम्भिक भेला माघ १७ गते हुने भएको छ । नेपाल सहकारी बैंक स्थापनाका लागि आवश्यक फायल संकलन भइसकेकोले दर्ता प्रकृया अघि बढाउन माघ १७ गते भेला हुन लागेको हो ।

आवश्यक भन्दा बढी फायल संकलन भइसकेकाले प्रारम्भिक भेला राखिएको हो । नेपाल सहकारी बैंक दर्ताको लागि आवश्यक तयारी पूरा भएको र थप छलफलका लागि कार्की ब्याङ्ेटमा भेला डाकिएको हो ।

बैंक गठन गर्न एक कार्यदल बनाइएको छ भने त्यसको संयोजन बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारी रहेका छन् । हाल सञ्चालनमा रहेको राष्ट्रिय सहकारी बैंकले देशभरका सहकारी संघसंस्थालाई समेट्न नसकेको भन्दै नयाँ बैंक दर्ता गर्न लागिएको संयोजक भण्डारीको भनाई छ ।

नेपाल सहकारी बैंक दर्ताको लागि ७ सय १५ वटा संस्थाबाट सेयर प्रतिवद्धता प्राप्त भइसकेको छ । सो बैंक दर्ताको लागि माघ १५ देखि २० गते भित्र प्रारम्भिक दर्ताका लागि सहकारी विभागमा पेश गर्ने तयारी भएको छ ।

सहकारी ऐन–२०४८ मा भएको ब्यवस्था अनुरुप स्थापना भएको अहिले सहकारी बैंक सञ्चालनमा छ । देशभर २९ हजार ८ सय सहकारी संस्था सञ्चालनमा रहेकोमा हालको सहकारी बैंकले १२ हजार मात्र संस्थालाई सदस्य बनाई सेवा प्रदान गरिरहेको छ । सरकारको समेत सेयर रहेको उक्त बैंकको पुँजी २ अर्ब २२ करोड, निक्षेप ४६ अर्ब ८८ करोड र कर्जा तथा लगानी २७ अर्ब १५ करोड रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिइ सहकारी बैंकहरु गठन गर्न सकिने कुरा सहकारी ऐनको धारा १२ मा उल्लेख छ । त्यसैगरी सहकारी नियमावली–२०७५ को नियम ५ मा सहकारी बैंकको गठनका लागि सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी कम्तिमा ५०१ वटा संस्था वा संघ हुनुपर्ने व्यवस्था छ । आवेदन दिने संस्था वा संघहरुको संयुक्त सेयर पुँजी कम्तिमा तीन अर्ब रुपैयाँ हुनुपर्ने,

संयुक्त संस्थागत पूँजी कम्तिमा ५० करोड रुपैयाँ हुनुपर्ने, आवेदक संस्था वा संघ विगत तीन वर्षदेखि निरन्तर नाफामा सञ्चालन भएको हुनुपर्ने प्रावधान रहेको छ ।

त्यसैगरी सहकारी बैंक गठन गर्न राष्ट्रिय सहकारी महासंघको समेत सिफारिस आवश्यक पर्ने व्यवस्था रहेको छ ।

सहकारी ऐनले सहकारी बैंकको सेयर पूँजी नेपाल राष्ट्र बैंकले तोकेबमोजिम हुने प्रावधान राखिएको छ । सञ्चालनमा रहेको सहकारी बैंकलाई अन्य संस्थाका रूपमा वित्तीय कारोबार गर्ने अनुमतिपत्र दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij