२०८३ साउन ११ सोमबार

अमेरिकाद्वारा तीन चिनियाँ दुरसञ्चार कम्पनीको शेयर कारोबार बन्द गरिने

ई आर्थिक    शनिबार, पौस १८ २०७७
4.7K
Shares
अमेरिकाद्वारा तीन चिनियाँ दुरसञ्चार कम्पनीको शेयर कारोबार बन्द गरिने

एजेन्सी । अमेरिकाको न्यूयोर्क स्टक एक्सचेन्जले सेनासँग सम्बन्ध भएको आरोप लागेका तीन चिनियाँ दूरसञ्चार कम्पनीहरूलाई सूचीबाट निकाल्ने भएको छ । ट्रम्प प्रशासनले तारो बनाएका तीनै कम्पनी चाइना मोबाइल, चाइना टेलिकम र चाइना युनिकम हङ्कङका शेयरहरू अर्को सातादेखि त्यहाँ कारोबार नहुने भएको छ।

तीनै कम्पनीले आफ्नो सबै आय चीनमा गर्ने र अमेरिकामा कुनै महत्त्वपूर्ण उपस्थिति नभएको बताइएको छ। सूचीबाट हटाउने प्रक्रियालाई अमेरिका र चीनबीचको बढ्दो तनावको साङ्केतिक कारबाही मानिएको छ।तीनै कम्पनीको शेयर अमेरिकामा विरलै कारोबार हुनेमा पर्छ। राज्य नियन्त्रित ती कम्पनीहरूले चीनमा दूरसञ्चार क्षेत्रमा हैकम चलाएका छन्।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नोभेम्बरमा चिनियाँ सेनासँग सम्बन्ध भएका चिनियाँ कम्पनीमा लगानी गर्न अमेरिकीहरूलाई रोक्ने नियम जारी गरेका थिए।

न्यूयोर्क स्टक एक्सचेन्जले ज्यानुअरी ७ देखि ११ भित्र ती कम्पनीहरूको शेयर कारोबार बन्द गर्ने बताएको छ। हाल न्यूयोर्क स्टक एक्सचेन्जमा २०० भन्दा बढी चिनियाँ कम्पनीहरू सूचीकृत छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij