२०८३ साउन ११ सोमबार

वाटर किङ झोङ बने एसियाकै धनी व्यक्ति, झोङले अम्बानी र ज्याकमालाई समेत उछिने

ई आर्थिक    बिहिबार, पौस १६ २०७७
6.8K
Shares
वाटर किङ झोङ बने एसियाकै धनी व्यक्ति, झोङले अम्बानी र ज्याकमालाई समेत उछिने

ई–आर्थिक, काठमाडौं । यसअघिका सबैभन्दा धनी मुकेश अम्वानी र ज्याक मा लाई उछिन्दै चीनका झोङ सानसान एसियाको सवैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् ।

एसियाका सबैभन्दा धनी व्यक्ती भारतका अम्वानी र आफ्नै देश चीनका ज्याक मा लाई उछिन्दै सन् २०२० मा एसियाका सवैभन्दा धनी व्यक्ति बन्न सफल भएका हुन् ।

झोङ पहिलो पटक एसियाका धनी व्यक्ति बन्न सफल भएको बुल्मवर्गले प्रकाशित गरेको बिलिनियर्सको सूचिमा उल्लेख छ ।
उनी चीनमा वाटर किङ नामले परिचित छन् । झोङ जिवनमा च्याउ खेतीदेखी पत्रकारितासम्मको निरन्तर प्रयासको यात्रा पश्चात यो विन्दुमा पुगेका हुन् ।

सन २०२० मा झोंगको सम्पती बढेर ७७ दशमलव ८ अरव डलर भएको ब्लुम्बर्गको इन्डेक्सले उल्लेख गरेको छ ।
कोरोना भाइरसको विश्वव्यापी आर्थिक असरका बीच पनि झोंङको सम्पती भने ह्वात्तै बढेको छ । जसकारण उनी एसियाका सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका हुन् । ६६ वर्षीया झोंगलाई लोन वुल्फबाट पनि चिन्ने गरिन्छ ।

बिजिङ वेन्टाई बायोलोजिकल फार्मेसी इन्टरप्राइजेज कम्पनीबाट अप्र्रिलमा उनले भ्याक्सिन विकसित गरेका थिए । त्यसको केही महिना पछि उनले बोतल बन्द पानी बनाउने हङकङको सवैभन्दा लोकप्रिय कम्पनी नोंगफु स्प्रिङको स्थापना गरेका थिए । जसकारण उनको सम्पती बढेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij