२०८३ साउन ९ शनिबार

सगरमाथा इन्स्योरेन्सका कार्डहोल्डर बिमितले होटल र ट्राभलमा छुट पाउने

ई आर्थिक    आइतबार, पौस १२ २०७७
10.5K
Shares
सगरमाथा इन्स्योरेन्सका कार्डहोल्डर बिमितले होटल र ट्राभलमा छुट  पाउने

ई–आर्थिक, काठमाडौं । सगरमाथा इन्स्योरेन्सका कार्ड होल्डरले होटल र ट्राभल्सको सेवामा छुट पाउने भएका छन् । पोखराको होटल ल्याण्डमार्क तथा काठमाडौंको सम्राट टूर्स एण्ड ट्राभल्सबीच छुट दिने सम्बन्धि हालै सम्झौता सम्पन्न गरेका छन् ।

नेपालको आन्तरिक पर्यटनको विकासलाई टेवा पुर्याउने उद्देश्यले यी कम्पनीबीच सम्झौता भएको कम्पनीले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको हो ।

उक्त सम्झौता पत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा सम्राट टूर्स एण्ड ट्राभल्सको तर्फबाट सिएन पाण्डेले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि सगरमाथा इन्स्योरेन्सका कर्मचारी तथा भीआईपी कार्ड होल्डर बीमितले विभिन्न सेवामा ५ देखि ३५ प्रतिशतसम्म विशेष छुट पाउने भएका हुन । यो इन्स्योरेन्सले यसअघि यसैगरी विभिन्न सेवाप्रदायक कम्पनीसँग छुट प्राप्त गर्ने सम्बन्धी संझौता गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij