ई–आर्थिक, काठमाडौं । प्याराडाइज इन्टरनेशनल म्यानपावरमा बैदेशिक रोजगार विभागले छापा मारेको छ । विदेश पठाइदिन्छु भन्दै अवैध रुपमा अन्तर्वार्ता लिइरहेको अवस्थामा उक्त म्यानपावरमा छापा मारेको विभागले जानकारी दिएको छ ।
आज मंगलबार अनुमति नलिई अन्तर्वार्ता लागि फर्म जम्मा भइरहेको अवस्थामा दिउसो १२ बजे विभागले म्यानपावरमा छापा मारेको थियो ।
पूर्वस्वीकृति नलिई अन्तर्वार्ता लिएको थाहा पाएपछि छापा हानिएको विभागको भनाई छ । हिमाल जनरल हस्पिटलका क्लिनरले गरेको उजुरीको आधारमा उक्त म्यानपावरमा छापा मारेको थियो ।
विभागले उक्त म्यानपावरबाट ६२ थान पासपोर्ट, २ वटा सिपियू र विभिन्न कागाजत समेत नियन्त्रणमा लिएको छ ।
विभागले छापा मारेको म्यानपावर कम्पनीका अध्यक्षलाई २४ घन्टाभित्र विभागमा बयान दिनका लागि उपिस्थित हुन निर्देशन दिएको जनाएको छ ।