२०८३ साउन १० आइतबार

प्रभु बैंकको मुस्ताङ जिल्लाको कागवेनी शाखा कार्यालय सञ्चालनमा

ई आर्थिक    मंगलबार, मंसिर ३० २०७७
9.3K
Shares
प्रभु बैंकको मुस्ताङ जिल्लाको कागवेनी शाखा कार्यालय सञ्चालनमा

ई–आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेडले मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाँउपालिका वडा नं. ०४ स्थित कागवेनीमा आफ्नो
शाखा कार्यालय खोली सेवा सुरु गरेको छ ।

बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा खोलिएको बैंकको यो २१२ औं शाखा हो । बैंकको उक्त शाखा कार्यालयको उद्घाटन वारागुङ मुक्तिक्षेत्र गाँउपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले गरेका थिए ।

उक्त शाखाको उद्घाटन गर्दै प्रमुख अतिथी गुरुङले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई अध्यक्ष गुरूङसफलताको शुभकामना व्यक्त गरे ।

बैंकको कागवेनी शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकाले स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले जानकारी दिएको छ ।

त्यस्तै स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा कागवेनी शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास पनि बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij