२०८३ साउन ९ शनिबार

कोरोना बीमाको भुक्तानीको लागि अर्थमन्त्रालय फेरि सक्रिय, तीन दिन भित्रै भुक्तानी दिन बीमा समितिमार्फत निर्देशन

ई आर्थिक    बिहिबार, मंसिर १८ २०७७
13K
Shares
कोरोना बीमाको भुक्तानीको लागि अर्थमन्त्रालय फेरि सक्रिय, तीन दिन भित्रै भुक्तानी दिन बीमा समितिमार्फत निर्देशन

ई–आर्थिक, काठमाडौं । कोरोना बीमा भुक्तानीको सम्बन्धमा अर्थ मन्त्रालयले फेरि ताकेता सुरु गरेको छ । मन्त्रालयले तीन दिन भित्र बीमा भुक्तानी व्यवस्था गर्न मन्त्रालयले पुनः ताकेता गरेको हो । मन्त्रालयले आज बीमा समितिलाई उक्त निर्देशन दिएको हो ।

यस अघि कोरोना बिमा रकम सात दिनभित्र भुक्तानी दिन मन्त्रालयले निर्देशन दिएको भए तापनि निर्देशन कार्यान्वयन नभएपछि मन्त्रालयले पुनः ताकेता निर्देशन पठाएको हो ।

भेरिफिकेशन गर्न बाँकी दावीको भेरिफिकेशन यथाशिघ्र सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउन मन्त्रालयले समितिलाई निर्देशन दिएको छ । साथै कोरोना बीमा दावी भूक्तानीका सम्बन्धमा बिभिन्न बीमा कम्पनीहरुबाट प्राप्त दावी भुक्तानीमा के कस्ता समस्या देखिएका छन् त्यसबारे विवरण पठाउन मन्त्रालयले जारी गरेको ताकेता पत्रमा उल्लेख छ ।

मन्त्रालयले हाल कुन–कुन बीमा कम्पनीमा कति संख्यामा दावी परेको विबरण पेण्डिङ रहेको छ र सो को विवरण र समस्या समाधानका लागि समितिबाट के प्रयास भैरहेको भन्नेबारे पनि जानकारी दिन भनिएकोे छ ।

साथै मन्त्रालयबाट सहजीकरणका लागि पहल गर्नु पर्ने विषयहरु के–के हुन यसको विस्तृत विवरण मन्त्रालयमा पठाउनु हुन बीमा समितिलाई ताकेता पत्रमा भनिएको छ ।

कोरोना बीमा समयमा नदिंदा सेवाग्राहीहरुले व्यापक गुनासो गरिरहेपछि मन्त्रालयले पुनः ताकेता सुरु गरेको मन्त्रालय स्रोतले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij