ई–आर्थिक, काठमाडौँ । नेपालको नयाँ लाइफ इन्स्योरेन्स मध्ये कान्छो लाईफ इन्स्यारेन्स कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्सले सर्बाधिक बोनस दर घोषणा गरेको छ । आ. व. २०७५/७६ को लागी बीमितलाई दिने बोनस दर घोषणा गरेको कम्पनी प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जानकारी दिए । कम्पनीले प्रतिहजार न्युनतम रुपैयाँ ५० देखि ५२ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको प्रमुख कार्यकारी अधिकृत भट्टराईले बताए ।
उनका अनुसार महालक्ष्मी सावधिक जीवन बीमालेखका लागि कम्पनीले ५ देखि १५ वर्ष अवधिको ५० रुपैयाँ, १६ देखि २५ वर्ष अवधिको बीमालेखमा ५१ रुपैयाँ र २६ देखि ३० वर्ष अवधिको बीमालेखका लागि ५२ रुपैयाँ बोनश दर तोकेको छ ।
त्यसैगरी महालक्ष्मी सरल जीवन बीमालेखका लागि कम्पनीले ५ देखि १५ वर्ष अवधिको ५० रुपैयाँ, १६ देखि २५ वर्ष अवधिको बीमालेखमा ५१ रुपैयाँ र २६ देखि ३० वर्ष अवधिको बीमालेखका लागि ५२ रुपैयाँ बोनश दर तोकेको छ ।
त्यस्तै महालक्ष्मी जीवन हेरचार बीमा लेखका लागि ५ देखि १५ वर्ष अवधिको ८५ रुपैयाँ र १६ देखि २५ वर्ष अवधिको बीमालेखमा ५१ रुपैयाँ बोनस दर तोकेको कम्पनीले जानकारी दिएको छ ।
बीमा समितिले हालै जारी गरेको संसोधित बीमाङ्किय मूल्यांकन नभएसम्मका लागि बानस व्यवस्था गर्नुपर्ने हुन्छ । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ कम्पनीहरुमा पहिलो पल्ट उक्त व्यवस्था सहितको मूल्यांकन गरी बोनस दरले अन्तरिम बोनस भुक्तानी गरिने जानकारी दिएको हो ।
