२०८३ साउन ११ सोमबार

सिमकोट विमानस्थलमा यात्रुको चाप बढ्न थाल्यो

ई आर्थिक    बिहिबार, कार्तिक २० २०७७
6.2K
Shares
सिमकोट विमानस्थलमा यात्रुको चाप बढ्न थाल्यो

सिमकोट, कात्तिक २० गते । यतिबेला हुम्लाको सिमकोट विमानस्थलमा जिल्लाबाहिर जाने यात्रुहरुको चाप बढ्न थालेको छ । कोरोना सङ्क्रमणको डरले जिल्लाबाहिरका काठमाडौँ, सुर्खेत, नेपालगञ्ज, पोखरालगायतका शहरबाट घर पुगेका विद्यार्थीहरु पुनः बन्दाबन्दी खुकुलो भएसँगै पढाइका लागि भन्दै फेरि जिल्लाबाहिर जान थालेपछि सिमकोट विमानस्थलमा दैनिक यात्रुको चाप बढ्दै गएको हो ।

लामो समयको बन्दाबन्दीपछि अनलाइन माध्यमबाट पढाइ र परीक्षा हुन थालेपछि हुम्लामा इन्टरनेटले राम्रो काम नगरेकाले घर पुगेका विद्यार्थीहरु दशैँ सकिएलगत्तै बाहिरिन थालेका हु्न । जिल्लाबाहिर जानेको सङ्ख्या दैनिक बढ्दै गएको सिमकोट विमानस्थलले जानकारी दिएको छ । दैनिक ५० जनाभन्दा बढी यात्रु जिल्लाबाहिर गहिरहेको जनाइएको छ ।

नेपालगञ्ज र सुर्खेतबाट बिहानदेखि बेलुकासम्म आफ्नो उडान भर्दै आएका निजी हवाईजहाजहरुले एक महिना यतादेखि विमानस्थलको स्तरोन्नति कार्य भइरहेकाले बिहान ६ बजेदेखि १० सम्म मात्रै उडान भर्ने हुँदा यात्रुलाई टिकट पाउन समस्या निम्तिन थालेको छ । सिमकोट विमानस्थलको गेटमा दैनिक जिल्लाबाहिर जाने यात्रुको भिड लाग्न थालेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij