ई–आर्थिक, काठमाडौं । अमेरिकामा ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ । अलास्काको स्याण्ड प्वाइन्ट नजिकै केन्द्रविन्दू रहेको भूकम्पले सानो स्तरको सुनापी पनि उत्पन्न गराएको छ । राष्ट्रिय सुनामी चेतावनी केन्द्रका स्कट लेंग्लेले बताए अनुसार सुनामीका कारण दुई छालहरु उत्पन्न भएका थिए ।
सीएनएनका अनुसार छालहरु ४ फिट ३ इन्च उचाइका थिए । केन्द्रले अलास्का कोस्टलाइनबाट ५०० माइलको दायराको निगरानी गरिरहेको बताइयो । सोमबार दिउँसो भूकम्पपछि यहाँ सुनामीको चेतावनी दिइएको थियो । भूकम्पको इपिसेन्टर अलास्का स्याण्ड प्वाइन्टबाट ६० माइलभन्दा कम दूरीमा रेकर्ड गरिएको थियो । भूकम्पबाट कुनै क्षति भएको विवरण प्राप्त भइनसकेको जनाइएको छ ।