ई–आर्थिक, चितवन । मुग्लिन नारायणगढ सडक खण्डको चारकिलोमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको छ । रातिदेखि परेको वर्षाका कारण विहान ८ बजे पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।
इच्छाकामना गाउँपालिका ६ चारकिलो डाडाबाट पहिरो खसेपछि अहिले दुवैतर्फ सडक अवरुद्ध भएको चितवन प्रहरीले जानकारी दिएको छ । पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास भइराखेको पनि प्रहरीले जानकारी दिएको छ ।