ई–आर्थिक, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड गाइघाट शाखाले ट्राफिक प्रहरीलाई जनचेतना मुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरेको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एक कार्यक्रमका बीच बैंकको गाइघाट शाखाका प्रबन्धक रविनराज दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी नायव निरीक्षक होम प्रसाद खनाललाई उक्त जनचेतनामूलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यलय प्रमुख प्रहरी नायव निरीक्षक खनालले बैंकले प्रदान गरेको ट्राफिक संकेत बोर्ड तथा पोलहरु जिल्ला भरिका आवश्यक स्थानहरुमा राखिने र उक्त संकेत बोर्डले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पु¥याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पु¥याउने बताए ।
बैंकको गाइघाट शाखाका प्रबन्धक दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त उक्त संकेत बोर्डले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पु¥याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास लिएको पनि प्रबन्धक दाहालले बताए ।