ई–आर्थिक, काठमाडौं । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या २ करोड २५ लाख ७ हजार ४६६ पुगेको छ । कोरोना भाइरस बारे तथ्यांक अपडेट गरिरहेको साइट वल्र्डोमिटरका अनुसार मंगलबार बिहानसम्म ७ लाख ३८ हजार ९ सय ५६ को मृत्यु भएको हो ।
त्यस्तै विश्वभर संक्रमित पुष्टि भएकाहरु मध्ये एक करोड ३१ लाख २१ हजार ५६२ निको भएका छन् । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मंगलबार बिहानसम्म ५०२ लाख ५१ हजार ४४६ संक्रमित पुगेको छ । त्यस्तै अमेरिकामा एक लाख ६६ हजार १९२ भन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा निको हुनेको संख्या २७ लाख १५ हजार ९३४ रहेको छ ।
विश्वमा कोरोना भाइरसका कारण अमेरिकापछि सबैभन्दा बढी प्रभावित ब्राजिल भएको छ । त्यहाँ ३० लाख ५७ हजार ४७० संक्रमित भएका छन् । त्यस्तै त्यहाँ एक लाख एक हजार ८ सय ५७ जनाको मृत्यु भएको छ । ब्राजिलमा संक्रमण पुष्टि भएकामध्ये २१ लाख ६३ हजार ८१२ निको भएका छन् ।
तेस्रो स्थानमा रहेको भारतमा भने कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २२ लाख ६९ हजार ५२ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ हजार ३ सय ६१ पुगेको छ । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब १५ लाख ८३ हजार ४८९ निको भएका छन् ।
लकडाउन खुकुलो गरेसँगै विश्वमा कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । लकडाउनलाई खुकुलो पार्दै हेलचेक्र्याई गरेमा संक्रमण बढेर भयाबह हुने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।