२०८३ साउन ११ सोमबार

अझै ल्याउन सकेनन् सिरहाका ६ स्थानीय तहले बजेट

ई आर्थिक    शुक्रबार, साउन १६ २०७७
3.4K
Shares
अझै ल्याउन सकेनन् सिरहाका ६ स्थानीय तहले बजेट

ई–आर्थिक, सिरहा । आन्तरिक विवाद र जनप्रतिनिधिबीचको असमझदारीका कारण सिरहाका छ स्थानीय तहले गत असार १० गतेसम्ममा ल्याउनुपर्ने चालू आर्थिक वर्षको बजेट अझै प्रस्तुत गर्न नसक्दा अन्यौलता बढेको छ ।

सङ्घीय सरकारले प्रत्येक स्थानीय तहलाई पत्राचार गरी असार १० भित्रै बजेट ल्याइसक्न निर्देशन दिए पनि सिरहाका १७ स्थानीय तहमध्ये छ स्थानीय तहले निर्धारित समयभित्र बजेट ल्याउन असफल भएका हुन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थमन्त्रालयको पत्रअनुसार असार १० गतेभित्रै स्थानीय तहले आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरिसक्न निर्देशन दिएको थियो ।

समयमै बजेट नआएमा सङ्घीय सरकारबाट सम्बन्धित स्थानीय तहमा जाने अनुदान र राजस्व बाँडफाँटको प्रवद्र्धनमा समस्या पर्ने चेतावनीसहित अर्थमन्त्रालयले पत्राचार गरेपछि भने १७ स्थानीय तहमध्ये ११ स्थानीय तहले मात्रै गाउँ तथा नगरसभामा बजेट पेश गरेको छ । सिरहामा आठ नगरपालिका र नौ गाउँपालिका रहेका छन् । पाँच गाउँपालिका र एक नगरपालिका गरी छ स्थानीय तहले अझै गाउँ तथा नगरसभामा बजेट पेश गर्न नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख राधेश्याम गिरीले जानकारी दिए ।

नरहा गाउँपालिका, औरही गाउँपालिका, नवराजपुर गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका र बरियारपट्टी गाउँपालिका गरी पाँच गाउँपालिकाले गाउँसभा गर्न नसकेको प्रमुख गिरीले बताए । उहाँका अनुसार सिरहा नगरपालिकाले पनि नगरसभामा बजेट पेश गर्न सकेको छैन ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij