ई–आर्थिक, काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच सेयर सूचीकरण गर्ने सम्बन्धमा एक सम्झौता सम्पन्न भएको छ । सो इन्स्योरेन्सको प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु. १०० कायम भएको एक करोड कित्ता सेयर स्टक एक्सचेन्जमा सूचीकरण भएको हो ।
शेयर सूचीकरण सम्झौता पत्रमा स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।
सो अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र मूख्य प्रवन्धकरकम्पनी सचिव वैद्यनाथ प्रसाद उपाध्याय समेतको सहभागिता थियो ।
कम्पनीले सर्वसाधारण समक्ष एनआईबिएल एस क्यापिटल लिमिटेडमार्फत ३० लाख कित्ता साधारण शेयर खुल्ला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारणमा बितरण गरिएको ३० लाख कित्ता तथा कम्पनीका संस्थापकहरुले लगानी गरेको ७० लाख कित्ता शेयर समेत गरी जम्मा १ करोड कित्ता सेयर सूचीकरण भएको हो ।