२०८३ साउन ११ सोमबार

सुनको भाउमा फेरी पनि रेकर्ड ब्रेक, एकैदिन प्रतितोला १२ सय बढ्यो

ई आर्थिक    सोमबार, साउन १२ २०७७
5.6K
Shares
सुनको भाउमा फेरी पनि रेकर्ड ब्रेक, एकैदिन प्रतितोला १२ सय बढ्यो

ई–आर्थिक, काठमाडौं । पछिल्लो समय निरन्तर उकालो लाग्दै गएको सुनको भाउ सोमबार पनि बढेर रेकर्ड ब्रेक गरेको छ। आज एकै दिन सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । आइतबार सुनको मूल्य तोलामा ९६ हजार ३०० मा कारोबार भएको थियो । यसैगरी आज तेजावी सुनको मूल्य ९७ हजार ६० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजोको तुलनामा चाँदी ५५ रुपैयाँले बढेको हो। आइतबार चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij