२०८३ भाद्र २९ सोमबार

लाइफ इन्स्योरेन्स कम्पनीमा नेपाल लाइफको बर्चस्व कायमै, कुन कम्पनीले कति बीमा शुल्क आर्जन गरे ?

ई आर्थिक    शुक्रबार, साउन ९ २०७७
17.4K
Shares
लाइफ इन्स्योरेन्स कम्पनीमा नेपाल लाइफको बर्चस्व कायमै, कुन कम्पनीले कति बीमा शुल्क आर्जन गरे ?

ई–आर्थिक, काठमाडौं । नेपालका जीवन बीमा कम्पनीहरुले आफ्नो आम्दानी बढाएका छन् । अघिल्लो बर्षपछि सञ्चालनमा आएका बाहेकका जीबन बीमा कम्पनीले गएको बर्षको तुलनामा उल्लेख्य आम्दानी बढाएका हुन् । नेपालमा नयाँ पुराना गरी १९ जीबन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । ती बीमा कम्पनीहरुको असार मसान्तसम्ममा ९४ अर्ब ३८ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् जुन १९.१८ % ले बढेको हो ।

अघिल्लो वर्षको यही अवधिमा जीवन बिमा कम्पनीहरुले ७९ अर्ब १९ करोड रुपैयाँ शुल्क आर्जन गरेका थिए । यस अवधिमा कम्पनीहरुले ७९ लाख ५७ हजार वटा पोलिसी जारी गरेका छन् ।

गत वर्ष संकलन भएको ३४ अर्ब ४८ करोड प्रथम बिमाशुल्कमध्ये १० अर्ब १६ करोड नेपाल लाइफले मात्रै संकलन गरेको छ । जुन गत वर्ष जीवन बिमा कम्पनीले आर्जन गरेको कुल प्रथम बिमाशुल्कको २९.४७ प्रतिशत हो । यस्तै कम्पनीले १८ करोड ४ लाख नवीकरण बिमाशुल्क आर्जन गर्दा कुल २८ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको छ । जुन, जीवन बिमा कम्पनीको कुल बिमाशुल्कको ३० प्रतिशतभन्दा बढी हो ।

सबैभन्दा बढी बिमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्सुरेन्स अगाडि रहेको बीमा समितिले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।गत वर्ष संकलन भएको ३४ अर्ब ४८ करोड प्रथम बिमाशुल्कमध्ये १० अर्ब १६ करोड नेपाल लाइफले मात्रै संकलन गरेको छ । जुन गत वर्ष जीवन बिमा कम्पनीले आर्जन गरेको कुल प्रथम बिमाशुल्कको २९.४७ प्रतिशत हो । यस्तै कम्पनीले १८ करोड ४ लाख नवीकरण बिमाशुल्क आर्जन गर्दा कुल २८ करोड ३९ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन, जीवन बिमा कम्पनीको कुल बिमाशुल्कको ३० प्रतिशतभन्दा बढी हो ।

यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले चार अर्ब १४ करोड प्रथम बिमाशुल्क आर्जन गर्दा ११ अर्ब १५ करोड र नवीकरण बिमाशुल्क आर्जन गर्दा कुल १५ अर्ब ३१ करोड आर्जन गरेको छ ।

यसैगरी, नेसनल लाइफ इन्सुरेन्सले दुई अर्ब ३५ करोड प्रथम बिमाशुल्क र ६ अर्ब ५६ करोड नवीकरण बिमाशुल्क तथा ३० करोड वैदेशिक रोजगार बिमाशुल्क गरेर ९ अर्ब २१ करोड रुपैयाँ र राष्ट्रिय बिमा संस्थानले ९२ करोड प्रथम बिमाशुल्क र ६ अर्ब १३ करोड नवीकरण बिमाशुल्क गरेर ७ अर्ब ५ करोड रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेका छन् ।

पछिल्लो समय लाइसेन्स पाएका १० वटा नयाँ जीवन बिमा कम्पनीमध्ये युनियन लाइफ बिमा शुल्क आर्जनका हिसाबले तेस्रो स्थानमा रहेको छ । यस कम्पनीले ४ अर्ब ८० करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । त्यस्तै, युनियनले ३ लाख ६० हजार वटा जीवन बिमा पोलिसी बिक्री गरेको छ ।

एशियन लाइफले ४ अर्ब ५४ करोड, मेटलाइफले ४ अर्ब १५ करोड, प्राइम लाइफले ३ अर्ब ३१ करोड, सूर्या लाइफले ३ अर्ब २० करोड, र गुराँस लाइफले २ अर्ब १९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। सबैभन्दा भन्दा कम बिमा शुल्क आर्जन गर्नेमा सानिमा लाइफ इन्सुरेन्स रहेको छ । कम्पनीले ८२ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

यस्तै, सिटिजन लाइफले एक अर्ब ९६ करोड, ज्योति लाइफले १ अर्ब ८९ करोड, रिलायवल लाइफले १ अर्ब ६० करोड, रिलायन्स लाइफ १ अर्ब ४० करोड, आईएमइ लाइफ १ अर्ब ४० करोड, प्रभु लाइफको १ अर्ब १८ करोड र सन नेपाल लाइफले १ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

पछिल्लो समयमा खुलेको महालक्ष्मीले ८७ करोड रुपैयाँ आर्जन गरेको छ भने सबैभन्दा भन्दा कम बिमा शुल्क आर्जन गर्नेमा सानिमा लाइफ इन्सुरेन्स रहेको छ । कम्पनीले ८२ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij