ई-आर्थिक, काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ९२ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुनको मूल्य ९१ हजार ७६० रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदीको मूल्य रु ५ बढेर तोलामा ९९५ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।